काठमाण्डौ।इक्रा नेपालले मिड सोलु हाइड्रोपावर लिमिटेड,गौरीशंकर पावर डेभलपमेन्ट लिमिटेड र एपेक्स मकालु हाइड्रोपावर लिमिटेडलाई क्रेडिट रेटिङ्ग प्रदान गरेको छ ।
इक्रालेमिड सोलु हाइड्रोपावर लिमिटेड,गौरीशंकर पावर डेभलपमेन्ट लिमिटेड र एपेक्स मकालु हाइड्रोपावर लिमिटेडलाई क्रेडिट रेटिङ्ग प्रदान गरेको हो ।
इक्राले मिड सोलु हाइड्रोपावर लिमिटेडलाई (इक्रा एनपी–आइआर)डब्बल बी प्लस निष्कासनकर्ता रेटिङ्ग प्रदान गरेको छ । यसको अर्थ समयमा वित्तीय दायित्व पूरा गर्न चुक्ने सम्बन्धमा मध्यम जोखिम रहेका मानिन्छन् ।
यसैगरी इक्राले गौरीशंकर पावर डेभलपमेन्ट लिमिटेडलाई (इक्रा एनपी–आइआर)डब्बल बी माइनस निष्कासनकर्ता रेटिङ्ग प्रदान गरेको छ । यसको अर्थ समयमा वित्तीय दायित्व पूरा गर्न चुक्ने सम्बन्धमा मध्यम जोखिम रहेका मानिन्छन्।
त्यसैगरी इक्रा नेपाल लिमिटेडले एपेक्स मकालु हाइड्रोपावर लिमिटेडलाई पनि (इक्रा एनपी–आइआर)डब्बल बी माइनस निष्कासनकर्ता रेटिङ्ग प्रदान गरेको छ । यसको अर्थ समयमा वित्तीय दायित्व पूरा गर्न चुक्ने सम्बन्धमा मध्यम जोखिम रहेका मानिन्छन्।
उक्त रेटिङ्ग निष्काशनकर्ताको सामान्य क्रेडिट विश्वसनीयता सम्बन्धी राय मात्र हो र यो कुनै खास ऋणपत्र विशेषको राय भने नभएको इक्रा नेपालले स्पष्ट पारेको छ ।