विराटनगरबाट सवारी चालक अनुमतिपत्र वितरण हुने

RSS २०७९-०४-१३ १६:०७:०० बजे

काठमाण्डौ।प्रदेश नं १ को राजधानी विराटनगरबाट सवारी चालक अनुमतिपत्र वितरण गरिने भएको छ । 

प्रदेश नं १ का यातायात व्यवस्था तथा सञ्चारमन्त्री उपेन्द्र घिमिरेले यातायात व्यवस्था कार्यालयको सेवा कार्यालय विराटनगरमा लिखित तथा प्रयोगात्मक परीक्षा दिने व्यवस्था  मिलाइएको जानकारी दिनुभयो । विराटनगरका सेवाग्राहीले यसअघि सुनसरीको इटहरीबाट  सवारी चालक अनुमतिपत्र लिने गरेका थिए ।

यातायात व्यवस्था सेवा कार्यालयल विराटनगर–४ मा सवारी चालक अनुमतिपत्र लिनका लागि अनलाइन फाराम भर्ने कार्य सुरु गरिएको मन्त्री घिमिरेले बताउनुभयो ।  कार्यालयले आगामी एक हप्ताभित्र  लिखित र प्रयोगात्मक परीक्षा लिने व्यवस्था मिलाएको छ । 

प्रदेशमा सुनसरीको इटहरी, झापाको विर्तामोड, इलाम, धनकुटा र उदयपुरबाट चालक अनुमतिपत्र वितरण गर्ने गरिन्छ ।

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।