हकप्रद शेयर निष्काशन गर्न प्रस्ताव गर्ने हिमाल दोलखा हाइड्रो पावर कम्पनीमाथि नेप्सेको डण्डा,कारोबार रोक्का

अर्थबिट २०७९-०४-१५ ११:४१:०० बजे

काठमाण्डौ।नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से)ले हिमाल दोलखा हाइड्रो पावर कम्पनीमाथि नेप्सेको डण्डा चलाएको छ । नेप्सेले डण्डा चलाएसँगै कम्पनीको शेयर कारोबार नै रोक्का भएको छ ।

कम्पनीले गत शुक्रबार हकप्रद निष्काशन सहित साधारण सभा आह्वान गरेको थियो । पछिल्लो समय शुक्रबार समेत २ घण्टा शेयर कारोबार हुने गर्दछ तर हिमाल दोलखा हाइड्रो पावर कम्पनीले साधारण सभा आह्वानका लागि नेप्सेमा पठाएको सूचना अनुसार गत साउन १३ गते कम्पनीको रजिष्टर्ड कार्यालय काठमाण्डौमा दिउँसो ११ बजे सञ्चालक समितिकी रञ्जना दाहालको अध्यक्षतामा बसेको बैठकले ५ बुँदे निर्णयहरु गरेको थियो । विशेष प्रस्तावमा १ः०.७५ प्रतिशत हकप्रदको विषयले शेयर बजारको मूल्य संवेदनशीलताप्रति कम्पनीको गैरजिम्मेवारीपनामाथि नेप्सेले डण्डा चलाएको हो ।यसैगरी नेप्सेले सूचीकृत कम्पनीहरुलाई बारम्बार नियमति कारोबार समयका अवधिमा शेयर मूल्य संवेदशीलतामाथि असर पर्ने भएकाले सञ्चालक समितिको बैठक कारोबार समय अगाडि वा पछाडि गर्न समेत यसअघि नै सचेत गराइसकेको छ । 

हिमाल दोलखा हाइड्रोले साधारणसभा आह्वान गरेको छ । कम्पनीले एक साथ १३ औं र १४ औं साधारणसभा आह्वान गरेको हो । कम्पनीले भदौ ३ गते नक्सालको लिसारा हालमा सभा आह्वान गरेको हो ।

कम्पनीले लाभांश प्रस्ताव गरेको छैन ।सभामा हकप्रद सहितका विविध प्रस्ताव पेश हुने छ । कम्पनीले  हाल कायम भएको चुक्ता पुंजि  एक अर्ब साठी करोडको १ः०.७५ को अनुपातमा ७५ प्रतिशत हकप्रद शेयर जारी गर्ने प्रस्ताव पेश गर्न लागेको हो। कम्पनीले साधारणसभा प्रयोजनको लागि साउन १९ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । साउन १८ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन सक्ने छन् ।

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।