कर्णाली करिडोर एक सातादेखि बन्द

RSS २०७९-०४-१५ १४:२१:०० बजे

काठमाण्डौ।कर्णाली करिडोरअन्तर्गत कालीकोटको पचालझरना गाउँपालिका–८ लाफा सडकखण्ड एक सातादेखि बन्द रहेको छ । दैनिकजसो पानी पर्ने भएका कारणले सडक हिलाम्मे भएपछि यातायात सेवा बन्द भएको हो । 

सडकमा गाडी थन्किएका छन् । लामो समयदेखि आफुहरु बीच बाटोमै अलपत्र परेको ट्रक चालक महावीर खड्काले बताउनुभयो । “म बाजुराका लागि सामान लिएर जादैँ थिए । लाफा सडकखण्ड आइतबारदेखि बन्द छ”, उहाँले भन्नुभयो । हिले सडकमा ढुङ्गा–माटो हाल्दै मालवाहक गाडी पार गराउन हम्मे–हम्मे भएको चालक खड्का बताउनुहुन्छ ।  

“हप्ता दिनसम्म सडक बन्द हुँदा कसैले खुलाउन पहल गरेका छैनन्”, पचालझरना गाउँपालिका–७ का कृष्णबहादुर बमले भन्नुभयो । सडक खुलाउनका लागि पहल थालेपनि डोजर नहुँदा समस्या भएको  पचालझरना गाउँपालिकाका अध्यक्ष देवजङ्ग शाहीले बताउनुभयो । “सडक खुलाउन सडक डिभिजन कार्यालयसँग समन्वय गरिरहेका छौँ, डोजर आउनासाथ सडक खुलाउने काम हुन्छ”, उहाँले भन्नुभयो । 

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।