त्रिभुवन राजपथबाट रात्रि सेवाको बस सञ्चालनमा रोक

RSS २०७९-०४-१७ १२:०१:०० बजे

काठमाण्डौ।लगातार परेको वर्षासँगै आएको पहिराका कारण चितवन–मुग्लिन सडकखण्ड अवरुद्ध भएपछि पूर्वबाट काठमाडौँतर्फ जाने रात्रि सेवाको बसलाई त्रिभुवन राजपथबाट काठमाडौँतर्फ जान अनुमति नदिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले आज जनाएको छ ।

राजपथको मोड साँघुरो भएका कारण यात्रुको सुरक्षालाई मध्यनजर गर्दै मुग्लिन सडक सञ्चालनमा नआएसम्म हेटौँडामा नै प्रतिक्षा लाममा राख्ने व्यवस्था मिलाइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिनुभयो ।  

उहाँले पूर्व र पश्चिमबाट दिवा सेवामा आएका बसलाई आवश्यकता हेरी करिब ३५ बस त्रिभुवन राजपथ हुँदै काठमाडौँतर्फ जान अनुमति दिएको बताउनुभयो । प्रवक्ता कार्कीले धादिङको नौबिसेको प्रहरीले काठमाडौँबाट आज बिहान पूर्व र पश्चिमतर्फ जान छुटेका बसलाई त्रिभुवन राजपथबाट यातायात सञ्चालनमा आउन निषेध गरिएको र काठमाडौँबाट आएको मिनी ट्रक, ट्रक, पालुङबाट हेटौँडा आउने सवारी साधनलाई मात्रै सञ्चालन ल्याउन अनुमति दिएको बताउनुभयो । 

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।