जहाजमा धुँवा देखिएपछि श्रीएअरलाइन्सको जहाज आकस्मिक अवतरण

RSS २०७९-०४-१९ १७:४८:०० बजे

काठमाण्डौ।नेपालगञ्ज विमानस्थलमा आज श्रीएअरलाईन्सको जहाज आकस्मिक रुपमा अवतरण भएको छ । जहाजमा धुँवा देखिएपछि जहाज उडेको ६ मिनेटमा नै आकस्मिक अवतरण भएको श्रीएअरलाईन्स, नेपालगञ्ज स्टेशन प्रमुख पर्शुराम चौधरीले जानकारी दिनुभयो । 

उहाँका अनुसार नेपालगञ्जबाट काठमाडौँतर्फ जान लागेको ९ एन— एएनएफ ४३२ नं को श्रीएअरलाइन्सको जहाजको आकस्मिक अवतरण भएको हो । सो जहाजमा ७९ जना यात्रु सवार रहेको र सबै सकुशल रहेको प्रमुख चौधरीले बताउनुभयो । ‘काठमाठौँबाट इञ्जिनीयरको टोली आएर त्यसको विस्तृत अनुसन्धानपछि कारण पत्ता लाग्न सक्छ’चौधरीले भन्नुभयो । 

विमानस्थल कार्यालयका अनुसार जहाजको अवतरणका क्रममा ‘फूल इमर्जेन्सी’ व्यवस्था गरिएको थियो । जहाज सुरक्षित अवतरण भएको र विमानको प्राविधिक चाँच सुरू भएको बताइएको छ । 

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।