मेची यातायात कार्यालयद्वारा ८६ करोड राजस्व सङ्कलन

RSS २०७९-०४-२० १८:०८:०० बजे

काठमाण्डौ।मेची यातायात व्यवस्था कार्यालयले आर्थिक वर्ष २०७८÷७९ मा रू ८६ करोड राजस्व सङ्कलन गरेको छ । कार्यालयले विभिन्न शीर्षकमा कूल रू ८६ करोड ११ लाख सात हजार ६२४ राजस्व सङ्कलन गरेको कार्यालय प्रमुख हरिप्रसाद लामिछानेले जानकारी दिनुभयो ।कार्यालयले यातायात क्षेत्रको आम्दानीअन्तर्गत रू तीन करोड ३१ लाख ६३ हजार, सवारी साधन करवापत रू ६० करोड ५० लाख २६ हजार २८१, व्यवसाय रजिष्ट्रेशन दस्तुरवापत रू दुई लाख ५० हजार ३५० र लाइसेन्सतर्फ रू १९ करोड ३३ लाख ७८ हजार २४३ राजस्व सङ्कलन गरेको थियो ।

प्रदेश सञ्चित कोषमा जम्मा हुने गरी रू ८२ करोड १८ लाख ३७४ र संघीय कोषमा जम्मा हुने गरी रू तीन करोड ९३ लाख सात हजार २५० राजश्व सङ्कलन गरिएको प्रमुख लामिछानेले बताउनुभयो ।कार्यालयले लाइसेन्स नवीकरण, नयाँ लाइसेन्स वितरण, वर्ग थप, प्रतिलिपि प्रमाणीकरण, सवारी दर्ता शुल्क, नवीकरण दस्तुर, सवारी कर, रुट परमिटलगायत सेवा प्रदान गरेवापत उक्त राजस्व सङ्कलन गरेको हो ।

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।