स्वास्थ्य बीमामा करिब ५९ लाख नागरिक समावेश, रु पाँच अर्ब भुक्तानी गर्न बाँकी

RSS २०७९-०४-३० ०८:३९:०० बजे

काठमाण्डौ।सरकारले स्वास्थ्य बीमासम्बन्धी कार्यक्रममा अहिलेसम्म करिब रु २१ अर्ब भुक्तानी गरेको छ । छ वर्षको समयावधिमा देशका ७० जिल्लाका करिब ५९ लाख नागरिक समावेश भएको यस कार्यक्रममा अझै रु पाँच अर्ब भुक्तानी गर्न बाँकी छ ।

नेपाल उद्योग वाणिज्य महासङ्घले आज यहाँ आयोजना गरेको कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भवानीप्रसाद खापुङले स्वास्थ्य बीमामा देखिएका समस्या समाधान गर्न कार्यदल गठन गरिएको जानकारी दिनुभयो । प्रत्येक वडामा स्वास्थ्य चौकी तथा पालिकामा १५ शय्याको अस्पताल स्थापना गर्ने लक्ष्य रहेको उल्लेख गर्दै उहाँले पालिका, प्रदेश र केन्द्रका अस्पतालबाट विभिन्न ९८ प्रकारका औषधि जनतालाई निःशुल्क प्रदान गर्ने गरेको बताउनुभयो ।   

स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा दामोदर बसौलाले बीमा कार्यान्वयनमा देखिएका अवरोध तथा समस्याबारे जानकारी दिनुभयो । महासङ्घका अध्यक्ष शेखर गोल्छा, वरिष्ठ उपाध्यक्ष चन्द्र ढकाल, बीमा विज्ञ बाबुराम हुमागाईं, बिमक सङ्घका अध्यक्ष चङ्की श्रेष्ठलगायतले आम नागरिकलाई स्वास्थ्य बीमाको पहुँचमा पु¥याउन सुरु गरिएको यो कार्यक्रमलाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो । काठमाडौँ, ललितपुरलगायत सात जिल्लामा उक्त कार्यक्रम छिट्टै सञ्चालन हुने जनाइएको छ ।

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।