भैरहवा विमानस्थलमा हिमालय एयरको परीक्षण उडान

RSS २०७९-०५-११ ०९:०४:०० बजे

काठमाण्डौ।जजिरा एयरले मात्रै उडान गर्दै आएको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा हिमालय एयरलाइन्सले पनि परीक्षण उडान सुरु गरेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का अनुसार हिमालय एयरलाइन्सले पाइलटको ट्रेनिङ फ्लाइटअन्तर्गत उक्त परीक्षण उडान सुरु गरेको हो । 

नेपाली वायुसेवा कम्पनी हिमालयले बिहीबार अपराह्न १२ बजेदेखि साँझ ५ बजेसम्म पाइलटहरूको ट्रेनिङका लागि परीक्षण उडान गरेको प्राधिकरणका महानिर्देशक तथा इञ्जिनियर प्रदीप अधिकारीले जानकारी दिनुभयो । 

उहाँका अनुसार पहिलो पटक भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलमा ट्रेनिङका लागि बिहीबार बिहान १२ बजे विमान अवतरण गरेको हो । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि पहिलो पटक हिमालय एयरलाइन्सको जहाज भैरहवा आएको उक्त विमानस्थलका प्रमुख गोविन्द दाहालले जानकारी दिनुभयो । 

भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलमा अहिले जजिरा एयरवेजले मात्र अन्तर्राष्ट्रिय उडान गर्दै आएको छ । गएको जेठ २ गतेदेखि भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा व्यावसायिक उडान सुरु भएको थियो । उक्त विमानस्थलमा जजिरा एयरले हप्तामा सोमबार, बुधबार र शनिबार गरी तीन दिन उडान गर्दै आएको बताइएको छ । 

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।