काठमाण्डौ।दोल्ती पावर कम्पनी लिमिटेडले आइपीओ निष्काशनको अनुमतिका लागि नेपाल धितोपत्र बोर्डसमक्ष आवेदन दिएको छ ।
स्थानीय तथा सर्वसाधारणका लागि दोल्ती पावर कम्पनी लिमिटेडले आइपीओ निष्काशनको माग गर्दै धितोपत्र बोर्डसमक्ष आवेदन दिएको हो ।
कम्पनीले १६ लाख ९ हजार ४५८ कित्ताको प्रतिकित्ता रु.१०० दरले कुल १६ करोड ९ लाख ४५ हजार ८०० रुपैयाँ बराबरको आइपीओ निष्काशन गर्न गइरहेको छ ।
बिक्री प्रबन्धकमा एनआइसी एशिया क्यापिटल रहेको छ ।
कम्पनीले दैलेखको कालिकामा ४.८ मेगावाट क्षमताको पदम खोला स्मल हाइड्रोपावर प्रोजेक्ट सञ्चालन गरिरहेको छ ।