इलेक्ट्रोनिक्स ड्राइभिङ लाइसेन्सको सफ्टवेयर हस्तान्तरण

RSS २०७९-०६-०२ ०८:४४:०० बजे

काठमाण्डौ।मद्रास सेक्युरिटी प्रिन्टर्सले इलेक्ट्रोनिक्स ड्राइभिङ लाइसेन्स (इडिएल)को सफ्टवेयर हस्तान्तरण गरेको छ । मद्रासको नेपाल एजेन्ट बिबी ट्रेड लिङ्कका प्रतिनिधिले यातायात व्यवस्था विभागलाई इडिएलको सफ्टवेयर हस्तान्तरण गरेको सहायक सूचना अधिकारी अर्जुन अधिकारीले जानकारी दिनुभयो ।

उक्त कम्पनीले सफ्टवेयर हस्तान्तरण नगर्दा ड्राइभिङ लाइसेन्सदेखि अन्य स्टिकरलगायत काममा देखिएका समस्या अब समाधान हुने विभागले जनाएको छ । इडिएलको सफ्टवेयर हस्तान्तरण भइसकेको र सोर्सकोडसमेत पाइसकेकाले अब सफ्टवेयर चलाउनेका लागि विभागका कर्मचारीलाई तालिम दिन कम्पनीले फेरि सम्झौता गरेको यातयात व्यवस्था विभागले जनाएको छ ।

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।