रामेछाप–लुक्ला उडान गर्दै निजी हवाई कम्पनी

अर्थबिट २०७९-०६-०५ ०१:२६:०० बजे

काठमाण्डौ।निजी क्षेत्रका हवाई सेवा प्रदायक कम्पनीले रामेछाप–लुक्ला उडान सुरु गर्ने भएका छन् ।

निजी क्षेत्रका हवाई सेवा प्रदायक कम्पनी तारा एयर, सीता र समिट एयरले असोज ९ गतेदेखि रामेछाप–लुक्ला उडान सुरु गर्ने तय भएको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले जनाएको छ । 

विकट गन्तव्य उडान गर्दै आएका यी वायुसेवा कम्पनीले अन्तर प्रादेशिक उडान विस्तार गर्ने भएका छन् । रामेछाप–लुक्ला गन्तव्य उडानमा विदेशीका लागि एक सय ५७ अमेरिकी डलर, भारतीयका लागि रु १२ हजार दुई सय ७५, नेपालीका लागि रु पाँच हजार दुई सय ८० र स्थानीय यात्रु चार्टर उडानका लागि प्रतिव्यक्ति रु सात हजार ५० भाडादर लागू हुने बताइएको छ ।

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।