सोलुखुम्बु–लुक्ला उडान रामेछापको मन्थलीबाट सुरु

अर्थबिट २०७९-०६-०८ १०:५७:०० बजे

काठमाण्डौ।रामेछापको मन्थली विमास्थलबाट सोलुखुम्बु–लुक्ला उडान हुने भएको छ । यसअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौँबाट हुँदै आएको सोलुखुम्बु–लुक्ला उडान निकट भविष्यमै रामेछापको मन्थली विमानस्थलबाट सुरु हुने निर्णय गरिएको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का महानिर्देशक ई प्रदीप अधिकारीले जानकारी दिनुभयो ।

उहाँका अनुसार नेपाल नागरिक उड्डयन प्राधिकरणले निर्णयअनुसार रामेछाप–लुक्ला उडानका लागि विमानस्थलमा आवश्यक पर्ने संरचना तथा सेवासुविधाका लागि विमानस्थल निर्माणकार्य विस्तार भइरहेको छ । निजी क्षेत्रका हवाई सेवा प्रदायक कम्पनीले यही असोज ९ गतेदेखि रामेछाप–लुक्ला उडान सुरु गर्ने तयारी गरिसकेका छन् । 

लुक्ला उडान गर्ने यात्रु बढी विदेशी पर्यटक हुने भएकाले रामेछापको मन्थली विमानस्थललाई व्यवस्थित बनाउन आवश्यक रहेको देखिएकाले अहिले विमानस्थलमा आवश्वयक पर्ने संरचना तथा सेवासुविधाका लागि विमानस्थल निर्माणकार्य तीव्र गतिमा विस्तार भइरहेको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले जनाएको छ ।

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।