भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल टर्मिनल भवन व्यवस्थापनमा आवेदन परेन

अर्थबिट २०७९-०६-०९ ०४:५८:०० बजे

काठमाण्डौ।भैरहवामा रहेको नेपालको दोस्रो ठूलो गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल भवन व्यवस्थापनका लागि दुई पटक टेन्डर आह्वान गरिए पनि एउटा पनि आवेदन परेको छैन । आवेदन नपरेपछि नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले तेस्रो पटक टेन्डर गर्ने तयारी गरेको बताइएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का प्रवक्ता जगन्नाथ निरौलाले दुई पटकको सूचनामा कुनै पनि कम्पनीले आवेदन नहालेको बताउनुभयो । उहाँले भन्नुभयो, “दुई पटक टेन्डर गर्दा कुनै पनि अन्तर्राष्ट्रिय कम्पनीले चासो देखाएनन् । अब हामी छिट्टै अर्को बोलपत्र प्रकाशन गछौँ ।” प्राधिकरणले पाँच वर्षका लागि ठेक्का दिने गरी अन्तर्राष्ट्रिय कम्पनी छनोट प्रक्रिया सुरु गरेको थियो । कम्पनीले पाँच वर्षको करिब रु ५७ करोड बुझाउनुपर्छ । अहिले विमानस्थलको टर्मिनलमा बैंकका आउटलेट मात्रै छ ।

टर्मिनल भवन व्यवस्थापनको जिम्मा पाउने कम्पनीले टर्मिनल भवनमा सञ्चालित आउटलेट व्यवस्थापन लिनेछ । प्राधिकरणले यो व्यवस्थापनसँगै सरसफाइ पनि गर्ने गरी जिम्मेवारी दिने भएको छ । अन्तर्राष्ट्रिय कम्पनीले जिम्मा लिएसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हुँदै आएको व्यवस्थापन तुलनात्मक रुपमा फरक देखिने प्रवक्ता निरौलाले जानकारी दिनुभयो ।

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।