पर्यटकको मागअनुसार हेली एभरेष्टले थप्यो अर्को हेलिकोप्टर

अर्थबिट २०७९-०६-१३ ०४:०४:०० बजे

काठमाण्डौ।कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण नियन्त्रणमा आएसँगै आन्तरिक र बाह्य पर्यटकको मागअनुसार हेली एभरेष्ट कम्पनीले एक हेलिकोप्टर थप गरेको छ । 

सिलिङ, साइट सिइङ, रेस्क्यु, फिल्मिङ, माउन्टेन फ्लाइटलगायत सेवा थप विस्तारका लागि एक हेलिकोप्टर खरिद गरिएको हेली एभरेष्ट कम्पनीका बजार प्रमुख सीताराम सापकोटाले जानकारी दिनुभयो ।

उहाँका अनुसार अहिले खरिद गरिएको हेलिकोप्टरसँगै अब कम्पनीसँग हेलिकोप्टर सङ्ख्या तीन पुगेको छ । आन्तरिक र बाह्य पर्यटकको मागअनुसार हेली एभरेष्ट कम्पनीले सिम्रिक एयरको एउटा एयरबसको बी–थ्रीइ सिरिज हेलिकोप्टर खरिद गरेको बताइएको छ ।

कोरोना सङ्क्रमण सहज भएसँगै स्वदेशी तथा विदेशी पर्यटकको धार्मिक तथा पर्यटकीय गन्तव्यमा आउजाउ गर्ने क्रम वृद्धि भएको र हेलिकोप्टरको माग बढेकाले कम्पनीले हेलिकोप्टर सङ्ख्या थप गरेको कम्पनीले जनाएको छ ।

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।