रामेछापबाट लुक्लाका लागि उडान सुरु

अर्थबिट २०७९-०६-१६ ०८:००:०० बजे

काठमाण्डौ।रामेछापको मन्थलीबाट लुक्लाका लागि उडान सुरु भएको छ । तारा, समिट र सीता एयरले विदेशी पर्यटकका लागि शनिबारदेखि सोलुखुम्बुको लुक्लासम्म उडान भर्न थालेका हुन् ।     

दसँैको बेला काठमाण्डौ।को एयरपोर्ट व्यस्त भई ट्राफिक जाम हुने भएपछि ती कम्पनीले विदेशी पर्यटकलाई मन्थली विमानस्थलसम्म गाडीमा ल्याएर मन्थलीबाट सोलुको लुक्लाका लागि उडान भर्न लागेका हुन् । 

यसअघि कोरोना महामारीका कारण दुई वर्षदेखि थलिएर उडान भर्न नसकेका वायुसेवा कम्पनीले यस वर्षदेखि उडान थालेका हुन् । यो पर्यटकको याम भएकाले दैनिक रुपमा मौसमले साथ दिएसम्म पर्याप्त उडान भर्ने योजना रहेको ती कम्पनीहरुले जनाएका छन् ।  

काठमाण्डौबाट नजिक रहेको यस विमानस्थलमा साना विमानस्थलका लागि हवाई इन्धनसहितको व्यवस्था भएको पूर्वी क्षेत्रकै एकमात्र विमानस्थल भएकाले इमर्जेन्सी विमान अवतरण लागिसमेत रामेछाप विमानस्थल उपयोगी मानिएको छ । नजिकको दूरीमा रहेर पनि रामेछाप–काठमाण्डौको कुनै कम्पनीले पनि उडान भर्न सकेका छैनन् ।

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।