कर्णालीका यात्रु नेपालगञ्जमै अलपत्र

अर्थबिट २०७९-०६-१६ ०४:१४:०० बजे

काठमाण्डौ।हवाई उडान नहुँदा कर्णालीको दुर्गम जिल्ला जाने यात्रुले विजयादशमी, शुभदिपावली र छठ पर्वमा घर जान सकेका छैनन् । उनीहरु नेपालगञ्जमै अलपत्र परेका छन् ।

हुम्लाको सिमिकोटका लागि एकमात्र यातायातको साधन हवाइयात्रा रहेकाले निजी कम्पनीले काठमाण्डौमै उडान केन्द्रित गरेपछि यात्रु नेपालगञ्जमै थन्किएका छन् । हाल नेपालगञ्जबाट कर्णालीका हिमाली जिल्लामा उडान भर्न समिट एयरको एक मात्र जहाज छ । समिट एयरको जहाज पर्खिरहेका यात्रु निराश अवस्थामा विमानस्थलमा भेटिन्छन् । 

हुम्लाका लागि टिकट लिन विमानस्थल पुगेका कोही पनि उड्न पाएका छैनन् । विमान कम्पनीका कर्मचारी टिकट पहिलानै प्याक भइसकेको जवाफ दिँदैआएका छन् । एक यात्रुले आक्रोश पोख्दै भन्नुभयो, “भनसुन गर्नसक्ने उडे, हामी फर्कन बाध्य भयौँ ।

निजी विमान कम्पनीसहित सरकारी कम्पनी नेपाल एयरलाइन्सको विमान पनि नेपालगञ्जमा उपलब्ध छैन । नेपाल एयरलाइन्सको विमानस्थलस्थित काउन्टर बन्द छ । सर्वसाधारण निराश भएर फर्किनु परिरहेको छ । निजी तारा एअरको जहाज काठमाडौँमा रहेकाले झनै सास्ती व्यहोर्नु परिरहेको यात्रुहरु बताउँछन् । 

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।