अमेरिकासँग द्विपक्षीय हवाई सम्झौता गर्ने नेपालको तयारी

सिबी अधिकारी २०७९-०६-२२ ०७:५६:०० बजे

काठमाण्डौ। देशकै प्रमुख व्यापारीक नाका वीरगञ्जबाट इन्धनको आयातमा कमी आएको छ । वीरगञ्ज नाका प्रयोग गरी डिजेल, पेट्रोल, मट्टितेल, हवाई इन्धन र खाना पकाउने ग्यास आयातमा १७ प्रतिशतले कमी आएको पाइएको छ । 

गत आर्थिक वर्षको साउन र भदौमा वीरगञ्ज नाकाबाट रु २० अर्ब चार करोड ४३ लाख मूल्यको दुई लाख २७ हजार पाँच सय ३६ किलोलिटर इन्धन आयात भएको थियो । चालु आवको सोही अवधिमा रु नौ अर्ब २० करोड ७३ लाखको एक लाख ९० हजार नौ किलोलिटर इन्धन आयात भएको वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी सुमित गुप्ताले जानकारी दिनुभयो । गत आवको तुलनामा चालु आवको साउन र भदौमा अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य बढेकाले आयातमा कमी आएको उहाँले बताउनुभयो । खरिद मूल्यमा भने ४५.९३ प्रतिशतले वृद्धि भएको उहाँको भनाइ छ । 

गत आवको पहिलो दुई महिनामा वीरगञ्ज नाकाबाट रु १० अर्ब १३ करोड मूल्यको एक लाख ४८ हजार चार सय ६०  किलोलिटर डिजेल, रु चार अर्ब ६३ करोड मूल्यको ६२ हजार सात सय ३२ किलोलिटर पेट्रोल, रु एक अर्ब ९८ लाख मूल्यको १५ हजार तीन सय ६४ किलोलिटर हवाई इन्धन, रु सात करोड ७४ लाख मूल्यको नौ सय ८० किलोलिटर मट्टितेल र रु चार अर्ब १९ करोड मूल्यको ४३ हजार  छ सय २४ मेट्रिकटन खाना पकाउने ग्यास आयात भएको छ । 

चालु आवको सोही अवधिमा रु १३ अर्ब ९५ करोड मूल्यको एक लाख सात हजार चार सय ६ किलोलिटर डिजेल, रु सात अर्ब ५३ लाख मूल्यको ६२ हजार सात सय ६० किलोलिटर  पेट्रोल, रु दुई अर्ब ४२ करोड मूल्यको १८ हजार नौ सय ८० किलोलिटर हवाई इन्धन, रु १२ करोड १५ लाख मूल्यको आठ सय ८० किलोलिटर मट्टितेल र रु पाँच अर्ब ७४ मूल्यको ४२ हजार पाँच सय ६२ मेट्रिकटन खाना पकाउने ग्यास आयात भएको वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ ।

वीरगञ्ज नाकाबाट इन्धनको आयात घटे पनि त्यसबाट सङ्कलित हुने राजश्व भने दुई प्रतिशतले बढेको छ । गत आवको पहिलो दुई महिनामा रु नौ अर्ब ६६ करोड ९६ लाख राजश्व सङ्कलन भएको थियो । चालु आवको सोही अवधिमा रु १६ करोड ७२ लाख बढी अर्थात् रु नौ अर्ब ८३ करोड ६९ लाख राजश्व सङ्कलन भएको छ । 

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।