पिपुल्स हाइड्रोपावरको आइपीओ आजदेखि बिक्री खुला

अर्थबिट २०७९-०७-२५ ०८:५४:०० बजे

काठमाण्डौ।पिपुल्स हाइड्रोपावर लिमिटेडले आज शुुक्रबारदेखि सर्वसाधारणलाई आइपीओ निष्काशन तथा बिक्री खुला गरेको छ।

कम्पनीले सर्वसाधारणलाई ५६ लाख ६ हजार ३ सय ९० कित्ता शेयर निष्काशन गरेको हो  । जसमा आयोजना प्रभावित स्थानीयलाई निष्काशन गर्दा बिक्री नभएको ८ लाख ६ हजार ३ सय ९० कित्ता शेयर पनि समावेश छ।५६ लाख ६ हजार ३ सय ९० कित्ता शेयर मध्ये ३ प्रतिशत अर्थात् १ लाख ६८ हजार १ सय ९० कित्ता कम्पनीका कर्मचारीको लागि सुरक्षित गरिएको छ । यसैगरी कुल निष्काशनको ५ प्रतिशत अर्थात् २ लाख ८० हजार ३ सय २० कित्ता सामुहिक लगानी कोषहरुलाई छुट्याईएको छ । बाँकि रहेको ५१ लाख ५७ हजार ८ सय ८० कित्ताको लागि सर्वसाधारणले आवेदन दिन सक्ने छन् ।

शेयर निष्काशनको लागि सानिमा क्यापिटल बिक्री प्रबन्धकका रुपमा रहेको छ । आवेदन दिंदा न्यूनतम १० कित्ता र अधिकतम १ लाख कित्ताको लागि आवेदन दिन सकिने छ । इच्छुकले कार्तिक २९ गतेसम्म आवेदन दिन सक्ने छन् । 

कम्पनीले लमजुङमा ५४ मेगावाटको सुपर दोर्दी ख हाइड्रोपावर आयोजना निर्माण गरिरहेको छ । लमजुङमा अर्को ५७ मेगावाट हिमचुली दोर्दी आयोजनाको लागि उत्पादन लाईसेन्सको लागि कम्पनीले अनुमति माग गरेको छ ।  

 

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।