काठमाण्डौ।नेपाल उद्योग वाणिज्य संघ,पूँजीबजार फोरमका सभापति तथा भेट्रान शेयर लगानीकर्ता अम्बिका प्रसाद पौडेलले १ दर्जन आधार प्रस्तुत गर्दै शेयर बजार बढ्ने प्रक्षेपण गरेका छन् ।
पौडेलले सामाजिक सञ्जालमा १ दर्जन सूचीवद्ध गर्दै आगामी दिनमा शेयर बजार बढ्ने प्रक्षेपण गरेका हुन् । १२ वटा आशाका किरणहरुले नयाँ पालुवालाई फक्रन सहयोग गर्ने जिकिर गरेका उनले क्षितिजबाट उज्यालोको किरण देख्न थालेको बताएका हुन् ।
पौडेलले औंल्याएका ती १ दर्जन आधारहरु निम्नानुसार छन्ः
-ब्रोकरहरुको संख्या थपिदै छ,
-नयाँ स्टक एक्सचेन्ज आउने प्रक्रियामा छ,
-बुक बिल्डिंगको कार्य अघि बढिरहेको छ,
-धितोपत्र बजार न्यून बिन्दुबाट बिस्तारै माथि लाग्दै छ,
-रेमिट्यान्स वृद्धिको ग्राफ बढ्दो छ,
-वैदेशिक मुद्रा सञ्चिति सुधार भईरहेको छ,
-लामो समय पछि सीडी रेसीयो सुविधाजनक स्थानमा आएको छ, बैंकिंग क्षेत्रको डिपोजिटले नयाँ उचाई कायम गरेको छ,
-पर्यटकको आगमन बढेको छ,
-कच्चा तेलको मूल्य यो आ.व. देखि नै घटिरहेको छ,
-स्थानीय निर्वाचन सम्पन्न भै सकेको छ,
-अब प्रदेश र संघको निर्वाचन छिट्टै हुँदै छ ,
-त्यसैले आगामी दिनमा पूँजीगत खर्च राम्रोसँग हुने छ।
उपर्युक्त सबै सकरात्मक कुराहरूले विगतमा चिसिएको आर्थिक गतिविधिहरु बिस्तारै तात्दै गरेको पौडेलको भनाइ छ।“आशा गरौं आगामी दिनमा आर्थिक सूचकांकहरु अझैं सुधार भई अर्थतन्त्र थप चलायमान भई राजश्व लक्ष्य अनुरुप प्राप्ति हुने छ भने क्रमश ऋणको ब्याजदर पनि घटने छ।”,उनले सामाजिक सञ्जालमा लेखेका छन् ।