रिडीको बम्पर लाभांश घोषणा,बोनस शेयर मात्रै ४० प्रतिशत

अर्थबिट २०७९-०८-०६ ०४:१२:०० बजे

काठमाण्डौ।रिडी पावर कम्पनीले बम्पर लाभांश घोषणा गरेको छ ।

कम्पनीको आज मंगलबार बिहान ११ बजे बसेको सञ्चालक समितिको बैठकले आ.व.२०७८–७९ को सञ्चित मुनाफाबाट हाल कायम रहेको चुक्ता पूँजी १ अर्ब १० करोड ६३ लाख ५८ हजार को ४० प्रतिशत बोनस शेयर र २.१० प्रतिशत कर प्रयोजनका लागि नगद लाभांश वितरण गर्ने निर्णय पारित गरेको छ ।

उक्त लाभांश विद्युतु नियमन आयोगको स्वीकृति तथा कम्पनीको आगामी २१ औं साधारण सभाले अनुमोदन गरेपछि वितरण हुने छ । 

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।