घलेम्दी हाइड्रोको २०० प्रतिशत हकप्रदको ट्रयापमा लगानीकर्ता !

अर्थबिट २०७९-०८-०७ ०२:४८:०० बजे

काठमाण्डौ।बुधबार शेयर बजारमा गिरावट आउँदा घलेम्दी हाइड्रो लिमिटेडको शेयरमूल्यमा भने पोजिटिभ सर्किट लागेको छ । 

बुधबार कम्पनीले २०० प्रतिशत हकप्रद दिँदैछ भन्ने सानो हल्ला बजारमा फिँजाइएपछि घलेम्दीमा सुनियोजित ढंगले सर्किट लगाइएको हो । 

नेप्सेमा सूचीकृत विभिन्न सेक्टरका कम्पनीमा नियामक निकायले हकप्रदमा बन्देज लगाएपनि हाइड्रोपावरमा भने त्यस्तो अवस्था छैन । 

यही मौकालाई शेयर बजारका केही खेलाडीले शेयर कित्ता पनि कम भएको घलेम्दी हाइड्रो छनोट गरे । जसअनुसार बुधबार कम्पनीको शेयरमूल्य जसरी नि बढाउने योजना बन्यो त्यसपछि २०० प्रतिशत हकप्रद शेयर दिदैछ भन्ने खासखुस हल्ला फैंलाउँदै केही समयमै १० प्रतिशत शेयरमूल्य वृद्धि पनि गरियो । अहिले कारोबार समय चलिरहँदासमेत सो कम्पनीको शेयरमूल्य १० प्रतिशत बढेकै छ भने ५३ हजार कित्ता बढी शेयरको माग छ । यता कम्पनीको आपूर्ति भने शून्य रहेको छ । 

शेयरको आपूर्ति कम भएको घलेम्दी सर्वसाधारणसँग केबल १६ लाख ५० हजार कित्ता मात्रै रहेको छ । आपूर्ति कम र हकप्रदको हल्ला फैलाएर सुनियोजित ढंगले कम्पनीको शेयरमूल्यमा सर्किट लगाउने योजना रहेको स्रोत दाबी गर्छ । शेयरमूल्य बढाएर अरुलाई भिडाउने षडयन्त्रपूर्वक चलखेल हुँदा समेत नियामक निकायले भने मौन सहमति दिइरहेको छ । 

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।