‘रोजगार मेला’मार्फत् एक हजारलाई रोजगार दिइने

अर्थबिट २०७९-०८-११ ०८:१६:०० बजे

काठमाण्डौ।मोरङको कटहरी गाउँपालिकामा सूचीकृत एक हजार ३९ जना बेरोजगारलाई रोजगार उपलब्ध गराइने  भएको छ । 

कटहरी गाउँपालिका, नेपाल उद्योग वाणिज्य महासङ्घ र हेल्भेटासद्वारा संयुक्तरुपमा कटहरी–१ स्थित फलफूल तथा कृषि थोक बजारमा मङ्सिर १२ गते आयोजना हुने एकदिने ‘रोजगार मेला’मार्फत् रोजगार लगाइने भएको छ ।

गाउँपालिकाका अध्यक्ष देवराज चौधरीले आज आयोजित पत्रकार सम्मेलनमा वैदेशिक रोजगारबाट फर्किएका, स्वदेशमा कामको खाजीमा रहेका तथा प्राविधिक एवं उच्च शिक्षा अध्ययन गरी बसेको युवाहरुलाई रोजगार उपलब्ध गराउन मेलाको आयोजना  गरिएको बताउनुभयो ।

उद्योगलाई आवश्यक पर्ने जनशक्तिलाई चाहिने सीप एवं तालिमसमेत पालिकाले उपलब्ध गराउने उहाँले जानकारी दिनुभयो । स्वदेशी दक्ष जनशक्तिलाई स्थानीय उद्योगमा व्यवस्थापन गर्नु मेलाको मुख्य उद्देश्य छ ।

महासङघमा आबद्ध मोरङ, सुनसरी र झापाका १५ उद्योगीहरुले आवश्यक जनशक्तिका सम्बन्धमा १० वटा स्टलमार्फत् जानकारी गराउनेछन् । मेलामा तीन हजार युवाहरुको सहभागिता रहने विश्वास गरिएको छ । पालिकामा हाल ठूला र मध्यमस्तरका ६५ उद्योग दर्ता रहेका छन् ।

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।