चीनमा ४१ करोड ५० लाख सवारी साधन र ५० करोड चालक

अर्थबिट २०७९-०८-२३ १६:१२:०० बजे

बेइजिङ।चीनमा सन् २०२२ को नोभेम्बरको अन्त्यसम्ममा करिब ४१ करोड ५० लाख सवारी साधन र ५० करोडभन्दा बढी सवारी चालक  सूचीकृत भएका छन् ।   सवारी साधन र चालक दुवैको सङ्ख्या  विश्वैमा पहिलो स्थानमा रहेको सार्वजनिक सुरक्षा मन्त्रालयले बिहीबार सार्वजनिक गरेको तथ्याङ्कले देखाएको छ। 

पछिल्ला वर्षहरूमा चीनको अटोमोबाइल स्वामित्व वार्षिक रूपमा दुई करोडभन्दा  बढीले बढेर  नोभेम्बरको अन्त्यमा कुल सङ्ख्या ३.१८ करोड पुगेको एमपीएसले बताएको छ।

सन् २०१४  देखि चिनियाँ लाइसेन्स प्राप्त चालकहरूले औसत वार्षिक  दुई करोड ५० लाखको सङ्ख्यामा बढ्दो छ ।  हाल दुई चिनियाँ वयस्क मध्ये एकसँग ड्राइभिङ लाइसेन्स छ । त्यसैगरी २५ वर्ष मुनिका चालकहरूको संख्या  पाँच करोडभन्दा बढी छ जुन कुल जनसङ्ख्याको १०.९ प्रतिशत हो।

चीनको ग्रामीण भेगमा हालैका वर्षहरूमा लाइसेन्स प्राप्त चालकहरूको सङ्ख्या तीव्र गतिमा बढेको छ । वार्षिक रूपमा एक करोड ३० लाखभन्दा बढीको वृद्धि भएको छ । 

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।