काठमाण्डौ।इक्रा नेपाल लिमिटेडले अपर तामाकोशी हाइड्रोपावर लिमिटेडलाई (इक्रा एनपी आइआर)डब्बल बी निष्कासनकर्ता रेटिङ्ग प्रदान गरेको छ ।
उक्त रेटिङ्ग प्राप्त गर्ने निकायहरु समयमा वित्तीय दायित्व पूरा गर्न चुक्ने सम्बन्धमा मध्यम जोखिम रहेका मानिन्छन्।
उक्त रेटिङ्ग निष्कासनकर्ताको सामान्य क्रेडिट बिश्वसनीयता सम्बन्धी राय मात्र भएको र यो कुनै खास ऋणपत्र विशेषको राय नभएको इक्रा नेपालले प्रष्ट्याएको छ ।