अर्थमन्त्री बिष्णु पौडेलको ‘कमब्याक’ ले शेयर बजार गुल्जार, खुलेको ५ मिनेटमा झण्डै ३८ अंकले उकालो लाग्यो नेप्से

अर्थबिट २०७९-०९-१२ ११:१८:०० बजे

काठमाण्डौ।नवनियुक्त अर्थमन्त्री बिष्णुप्रसाद पौडेलको आगमनसँग शेयर बजार द्रू्रत गतिमा उकालो लागेको छ ।

नियमित कारोबार समयको पहिलो सत्रको ५ मिनेटमै धितोपत्र बजारको कारोबार मापक नेप्से परिसूचक ३७.५८ अंकले उकालो लागेको हो । 

वित्तीय र मौद्रिक नीतिको सामाञ्जस्यपूर्ण कार्यान्वयनबाट अर्थतन्त्रमा देखापरेका तरलता सङ्कुचन, उच्च ब्याजदर विदेशी मुद्राको सञ्चितिमा परेको दबाब तथा पूँजीबजारमा आएको गिरावटलाई सम्बोधन गरी अर्थतन्त्रलाई गतिशील बनाउने सोमबार बसेको पहिलो मन्त्रिपरिषद्को बैठकले  निर्णय गरेको थियो । अर्थमन्त्री बिष्णुप्रसाद पौडेलको कमब्याकले शेयरलगानीकर्ताहरुको आत्मबल बढेका कारण शेयर बजार उकालो लागिरहेको जानकारहरुको आंकलन छ । 

परिसूचकले उकालो गति लिएसँगै ५ मिनेटमा १४८ कम्पनीको शेयरमूल्यमा हरियो पोतिएको छ भने २ कम्पनीको मात्रै रातो पोतिएको छ । यसैबीच ३ कम्पनीको शेयरमूल्य तटस्थ रहेका छन् । 

नेप्से परिसूचकको बढोत्तरीसँगै ५ मिनेटको अवधिमा १ हजार ५४१ कारोबारबाट २ लाख ६३ हजार ५७७ कित्ता बराबर रु. ९७ लाखभन्दा बढीको कारोबार सम्पन्न भएको छ । 

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।