डा. पोखरेल महान्याधिवक्ता नियुक्त

अर्थबिट २०७९-०९-१३ ०५:४१:०० बजे

काठमाण्डौ।राष्ट्रपति विद्यादेवी भण्डारीले आज अधिवक्ता डा दिनमणि पोखरेललाई नेपालको महान्यायाधिवक्ता पदमा नियुक्त गर्नुभएको छ ।

राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा १५७  को उपधारा (२) बमोजिम प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सिफारिसमा उहाँलाई महान्यायाधिवक्ता पदमा नियुक्त गर्नुभएको राष्ट्रपति कार्यालयले जनाएको छ । 

महान्यायाधिवक्ता डा पोखरेल प्यूठानको झिमरुक गाउँपालिका–४ निवासी हुनुहुन्छ । महान्यायाधिवक्तालाई सरकारको प्रमुख कानुनी सल्लाहकारका रुपमा लिइन्छ । 

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।