राजेन्द्र लिङ्देन उपप्रधान तथा ऊर्जा मन्त्री भएपछि हाइड्रोपावर सेक्टरमा उछाल, ३ कम्पनीमा सर्किट

अर्थबिट २०७९-१०-०३ ०१:०७:०० बजे

काठमाण्डौ।ऊर्जा,जलस्रोत तथा सिचाइँ मन्त्रालयको कमान राप्रपा(राष्ट्रिय प्रजातन्त्र पार्टी)का अध्यक्ष राजेन्द्र लिङ्देनले सम्हाल्ने भएपछि शेयर बजारमा हाइड्रोपावर सेक्टरमा उछाल आएको छ । 

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा सरकारमा सहभागी हुने भएको छ । लिङ्देन उपप्रधान तथा ऊर्जा मन्त्री बन्ने भएपछि धितोपत्र बजारको हाइड्रो सेक्टरमा उछाल आएको हो ।कारोबार समयमा सबैभन्दा धेरै कमाउने कम्पनीहरुमा हाइड्रो सेक्टरले प्रभुत्व जमाउँदै टर्नओभर,भोल्युम,कारोबार र मागमा समेत उत्कृष्ट प्रदर्शन गरिरहेको छ ।

उर्जामन्त्रीका रुपमा लिङ्देनको प्रवेशले यो समाचार तयार पार्दासम्म सबैभन्दा धेरै कमाउने १० कम्पनीमध्ये ८ कम्पनीले अग्रता लिइरहेका छन् । ग्रीन भेन्चर लिमिटेड,पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेड र बाराही हाइड्रोपावर पब्लिक लिमिटेडका शेयरमूल्यमा १० प्रतिशत वृद्धि भई पोजिटिभ सर्किट लागेका छन् । अपर हेवाखोला,दोर्दी खोला,अपि पावर,घलेम्दी हाइड्रोपावर र मध्यभोटेकोशी जलविद्युत कम्पनीहरुको शेयरमूल्यमा ५ देखि ६ प्रतिशतसम्म वृद्धि भएको छ । 

यो समाचार तयार पार्दासम्म नेप्से परिसूच दोहोरो अंकले बढेर २१६४ विन्दूमाथि पुग्दै कारोबार रकमसमेत १ अर्ब ६२ करोड नाघेको छ । 

 

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।