काठमाण्डौ।रिडी पावर कम्पनी लिमिटेडले हाल कायम चुक्ता पूँजीको ५० प्रतिशतका दरले हकप्रद शेयर निष्काशन गर्ने भएको छ।
कम्पनीको आज बुधबार बसेको सञ्चालक समितिको बैठकले कम्पनीको बोनस शेयर वितरण पश्चात् हाल कायम चुक्ता पूँजीको ५० प्रतिशतका दरले हकप्रद शेयर निष्काशन गर्न लागेको हो । कम्पनीले आफ्नो लगानी तथा व्यवस्थापनबाट साझा पावर कम्पनीको स्वामित्वमा रहने गरी २० मेगावाट क्षमताको तल्लो बलेफिखोला जलविद्युत आयोजना निर्माण गर्ने र उक्त आयोजनामा स्वःपूँजी व्यवस्थापन गर्न हकप्रद शेयर निष्काशन गर्न लागेको जनाएको छ ।
कम्पनीले बोनस शेयर वितरण पश्चात कायम हुने १ करोड ५४ लाख ८९ हजार १२ कित्ता शेयरको १० बराबर ५ अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने घोषणा गरेको हो। कम्पनीले प्रतिशेयर १०० अंकित दरका ७७ लाख ४४ हजार ५०६ कित्ता हकप्रद शेयर जारी गर्ने बताइएको छ।
विद्युत नियमन आयोगबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो दरमा हकप्रद शेयर निष्काशन गरिनेछ।