बेमौसममा पनि खुम्बुमा पर्यटक

अर्थबिट २०७९-१०-०५ ०९:०९:०० बजे

सोलुखुम्बु।बेमौसममा पनि सोलुखुम्बुको खुम्बु क्षेत्रमा पर्यटक भित्रिएका छन् । विगत तीन दिनको अवधिमा ९५ जना पर्यटक खुम्बु भित्रिएका हुन् । सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालय नाम्चेको तथ्याङ्कानुसार माघ १ देखि ३ गतेसम्ममा ९५ पर्यटक खुम्बु प्रवेश गरेका हुन् ।

तीन दिनको अवधिमा विदेशी नागरिक ६८, सार्क राष्ट्रका तीन, नेपाली दुई, भरिया १८ र चार जना पथप्रदर्शक खुम्बु भित्रिएको निकुञ्का प्रमुख संरक्षण अधिकृत भूमिराज उपाध्ययले बताउनुभयो । उनीहरूबाट रु दुई लाख १५ हजार १५० राजस्व सङ्कलन भएको उहाँको भनाइ छ ।

बेमौसम र चिसोका कारण यतिबेला खुम्बु क्षेत्रका अधिकांश होटल व्यवसायी जिल्ला बाहिर छन् । यस वर्ष हिउँ नपरेका कारण मौसम सफा भएकाले पनि केही पर्यटक बेमौसममा पनि खुम्बु भ्रमणमा आउने गरेको पर्यटन व्यवसायी लामाकाजी शेर्पाले बताउनुभयो । हिउँ नपरेका कारण यस वर्ष पदमार्ग पुरिने र चिप्लने समस्या नरहेको उहाँको भनाइ छ ।

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।