धनकुटा महोत्सव आजदेखि

अर्थबिट २०७९-१०-०६ १२:१६:०० बजे

धनकुटा।प्रादेशिक औद्योगिक व्यापार तथा कृषि मेला एवं धनकुटा महोत्सव आजदेखि सुरु हुँदै छ । महोत्सवको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री राजेन्द्रकुमार राईले उद्घाटन गर्ने कार्यक्रम छ ।

आयोजक संस्था उद्योग वाणिज्य सङ्घ धनकुटाका अध्यक्ष विजयसन्तोषी राईका अनुसार यही माघ १६ गतेसम्म चल्ने उक्त महोत्सवमा उत्पादन, व्यापार तथा विभिन्न क्षेत्रका एक सय ८० कक्ष रहेका छन् । हरेक दिन स्थानीय तथा राष्ट्रिय कलाकारको प्रस्तुति रहने महोत्सवमा रु पाँच करोड बराबरको कारोबार गर्ने लक्ष्य राखिएको अध्यक्ष राईले जानकारी दिनुभयो । 

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।