काठमाण्डौ।हिमालयन उर्जा विकास कम्पनी लिमिटेडले २०० प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने घोषणा गरेको छ।
माघ १३ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले २०० प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने निर्णय गरेको हो।
यसको अर्थ कम्पनीले हाल कायम चुक्ता पूँजीको १ बराबर २ अनुपातमा हकप्रद शेयर निष्काशन घोषणा गरेको हो।
हकप्रद शेयर निष्काशनपश्चात प्राप्त हुने पूँजीमध्ये खर्च कटाइ बाँकी सबै रकम बैंकहरुबाट लिएको दीर्घकालिन ऋणको भुक्तानी गर्ने निर्णय पनि सो बैठकले गरेको छ।
विद्युत नियमन आयोगबाट सहमति लिई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो हकप्रद शेयर निष्काशन गरिनेछ।
कम्पनीको हाल दोस्रो बजारमा प्रतिकित्ता रु.४२० आसपास कारोबार भइरहेको छ । हकप्रद निष्काशन गरेपछि हक कायम शेयरधनीहरुले प्रतिकित्ता रु.१०० मै प्राप्त गर्नेछन् ।