काठमाण्डौ।सर्वसाधारणका लागि मोलुङ हाइड्रोपावर कम्पनीले यही फागुन ४ गतेदेखि आइपीओ निष्काशन गर्ने भएको छ ।
कम्पनीले कम्पनीमा कार्यरत कर्मचारीको लागि ५४ हजार ५ सय ७० कित्ता शेयर र सर्वसाधारणलाई २२ लाख ६४ हजार ६ सय ५५ कित्ता शेयर निष्काशन गर्न लागेको हो ।कम्पनीले यस अघि नै आयोजना प्रभावित स्थानीय र विदेशमा रहेका नेपाली श्रमिकलाई शेयर निष्काशन गरी बाँडफाँड गरिसकेको छ ।
उक्त निष्काशनमा फागुन ११ गतेसम्म आवेदन दिन सकिनेछ ।आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम ८ हजार कित्ताको लागि दिन सकिने छ । बिक्री प्रबन्धक तथा शेयर निष्काशनकर्ताका रुपमा सनराइज क्यापिटल रहेको छ ।
कम्पनीले ओखलढुंगामा ७ मेगावाटको मोलुङखोला जलविद्युत आयोजना निर्माण सम्पन्न गरी २०७४ चैत्र १२ गतेदेखि व्यवसायिक उत्पादन गर्दै आईरहेको छ ।