उपत्यकाको सार्वजनिक सवारी बन्दको कार्यक्रम फिर्ता

अर्थबिट २०७९-११-०२ १७:०४:०० बजे

काठमाण्डौ।नेपाल सरकार र यातायात व्यवसायीबीच भएको वार्ता सकारात्मक भएपछि यातायात बन्द फिर्ता भएको छ ।

आज सिंहदरबारमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठ र यातायात मजदुरहरुबीच भएको वार्ताबाट यातायात बन्दको कार्यक्रम फिर्ता लिने समझदारी भएको हो ।

सोमबार बालाजु क्षेत्रमा यातायात मजदुर तथा व्यवसायीहरुले आगजनी र तोडफोड गरेका थिए । तीनवटा मजदुर संगठनले आज सवारी साधन नचलाउने निर्णय गरेपछि उनीहरूलाई वार्तामा बोलाएको थियो ।

वार्तामा मजदुरका माग सम्बोधनका लागि यातायात व्यवस्था विभागका महानिर्देशक तुलसीनाथ गौतम नेतृत्वको कार्यदलले ११ गतेभित्र आवश्यक छानबिन गरेर सुझाव दिने सहमति भएको छ । वार्तामा मजदुरमाथि हातपात गर्ने नयाँ बसपार्कको व्यवस्थापनको जिम्मा लिएको ल्होत्से बहुउद्देश्यीय प्रालिका संचालकलाई कारवाही गर्ने सहमती भएको छ ।

मजदुर संगठनको हडतालपछि काठमाण्डौ उपत्यकामा विहानदेखि सार्वजनिक सवारी चल्न नसकेपनि वार्तापछि भने यातायात चल्न सुरु भएको छ ।

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।