नियम विपरीत शेयर राइड गर्ने चालक कारबाहीमा

अर्थबिट २०७९-११-०५ १३:३९:०० बजे

काठमाण्डौ।प्रयोजन विपरीत शेयर राइडिङ सञ्चालन गर्ने १७ दुई पाङ्ग्रे सवारी साधन चालक कारबाहीमा परेका छन् । 

ट्राफिक प्रहरी कार्यालयले उपत्यकाका विभिन्न स्थानमा गरेको जाँचका क्रममा  नियम विपरीत राइडिङ गरेको पाइएपछि कारबाही गरिएको जानकारी दिएको छ । काठमाडौँ उपत्यका ट्राफिक कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले नियम विपरीत शेयर राइडिङ गरेको पाइएकाले कारबाही गरिएको जानकारी दिनुभयो । 

“कारबाहीमा परेकामध्ये अधिकांश इनड्राइभरका छन्”, उहाँले भन्नुभयो, “इनड्राइभर नेपालमा दर्ता बिना नै चलेकाले कारबाही गरिएको हो ।” ¬निजी प्रयोजनका लागि दर्ता भई व्यावसायिकरूपमा सञ्चालन गरेको पाइएपछि कारबाही गरिएको उहाँको भनाइ छ । उहाँले गुनासो आएका आधारमा कारबाही गरिएको बताउनुभयो ।

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।