अम्बिका पौडेल भन्छन् – 'कहिलेकाहीँ त हरियो माला लगाई दिए नि हुने'

अर्थबिट २०७९-११-१५ ०१:४९:०० बजे

काठमाण्डौ।शेयर लगानीकर्ता अम्बिका प्रसाद पौडेलले राष्ट्रिय निर्णयलाई कहिलेकाहीँ हरियो माला लगाई दिए नि हुने इच्छा जाहेर गरेका छन् ।

आज(सोमबार) नेकपा एमालेले सरकार छाड्ने र सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णयमा हरियो मालाले स्वागत गर्नुपर्ने एफएनसीसीआई पूँजीबजार फोरमका सभापति तथा नेपाल इन्भेष्टर्स फोरमका पूर्व अध्यक्ष अम्बिका प्रसाद पौडेलले सामाजिक सञ्जाल फेसबुकमा उल्लेख गरेका हुन् । 

पौडेलले शेयर बजार विचित्र भएको जिकिर गर्दै जुनसुकै निर्णयलाई पनि रातै माला अर्थात् बजार घट्ने प्रवृत्तिका विरुद्ध आज भने हरियो माला(बजार बढाउनुपर्ने) लगाई दिनुपर्ने धारणा फेसबुकमा राखेका छन् । 

पछिल्लो समय पौडेल बजारप्रति सकारात्मक धारणा राख्दा शेयर बजारका लगानीकर्ताहरुले साथ दिदै बजार बढेको पाइन्छ । आज भने कारोबार समयको अन्तिममा के हुन्छ त्यो भने हेर्न बाँकी नै छ । 

पौडेलको स्टाटसः 

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।