भक्तपुरका अधिकांश व्यवसाय दर्ता एवं नवीकरण विना अवैध सञ्चालन

अर्थबिट २०७९-११-१७ १४:२४:०० बजे

भक्तपुर।भक्तपुर नगरपालिकाको सल्लघारीदेखि सूर्यविनायक घलाँतेसम्मका अधिकांश पसल एवं व्यवसाय वर्षौंदेखि दर्ता विना नै सञ्चालनमा रहेको पाइएको छ । 

भक्तपुर नगरपालिका अनुगमन समितिले मंगलबार यहाँका ३५ पसल तथा व्यवसायमा गरेको बजार अनुगमनका क्रममा सल्लाघारी, चुनदेवी र घलाँतेसम्मका ३५ वटा पसलमध्ये अधिकांश पसल दर्ता विना नै सञ्चालन गरेको पाइएको अनुगमन समितिका संंयोजक राजकृष्ण गोराले जानकारी दिनुभयो ।

अनुगमनमा मोतिलाल दुगडको दुगड वर्ड्स एण्ड सन्स् प्रालि, ब्रदर्श रिकण्डिसन (ब्रो इन्टर प्राइजेज), सोलु खाजा घर, सूर्य गणेश इन्टरप्राइजेज, धमाका सेल, भक्तपुर ग्लास हाउस, एबिआर हार्डवेयर, शङ्कर इञ्जिनियरिङ आइरन वर्कशप, मारुती नन्दन सप्लायर्स, विविध सप्लायर्स दर्ता नै नभई सञ्चालनमा रहेको पाइएको हो । 

राम भोले ड्राईभिङ स्कूल प्रालि, न्यू सागर मोटर साइकल वर्कसप, स्पेशल चिया खाजा पसल, वि.ए.निर्माण सामग्री सप्लायर्स, नारायणी भोजनालय, हिडेन बाइक केयर सेन्टर मोटरसाइकल वर्कसप, फ्रेण्ड्स रिकण्डिसन हब, मुक्तिनाथ कार हाउस प्रालि, द व्हील्स प्रालि, एसडिआर टेक्नो एण्ड ट्रेड प्रालि पनि दर्ता विना नै सञ्चालनमा रहेको पाइएको छ । 

अनुगमनमा दोलखा भीमसेन सुन चाँदी पसल, फ्रेण्ड्स बाइकर्स, दास अटो लिंक, प्रखर इन्टरप्राइजेज, स्टाण्डर खाजा घर, जैसवाल बाथ एण्ड सेनेटरी वयर पनि दर्ता नभई सञ्चालनमा रहेको पाइएको संयोजक गोराले जानकारी दिनुभयो ।

विगत १० वर्षदेखि विना दर्ता अवैधरूपमा सञ्चालन भएका पसल एवं व्यवसाय र सात वर्षदेखि नवीकरण नगरेका व्यवसायलाई तीन दिनभित्र नगरपालिकामा आएर दर्ता गर्न निर्देशन दिइएको बजार निरीक्षक रामकृष्ण प्रजापतिले बताउनुभयो ।

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।