बिएमडब्ल्यूको वार्षिक नाफा तीव्र वृद्धि

अर्थबिट २०७९-११-२६ १६:५०:०० बजे

फ्रैङ्कफर्ट।जर्मन कार निर्माण कम्पनी बीएमडब्ल्यूले सन् २०२२ मा वार्षिक मुनाफामा तीव्र वृद्धि भएको छ ।

आरामदायी गाडीको उच्च मूल्यले आपूर्ति शृङ्खला अवरोधको कारण आपूर्तिमा गिरावटको पूर्ति गर्न मद्दत पु¥याएको छ ।

म्युनिखस्थित समूहले गत वर्ष १८ अर्ब ६० करोड युरो (१९ अर्ब ६० करोड अमेरिकी डलर) खुद नाफा कमाएको थियो, जुन सन् २०२१ को तुलनामा ४९ प्रतिशतले बढी हो ।

समूहको आम्दानी २८ प्रतिशतले बढेर १४२.६ अर्ब युरो पुगेको छ ।

बीएमडब्लूले भनेको ‘ठोस’ आँकडा, वाहनहरूमा मूल्य निर्धारण संशोधनको साथै चिनियाँ संयुक्त उद्यम बीबीएको पूर्ण एकीकरणले नाफा आर्जनमा महत्वपूर्ण योगदान गरेको बताएको छ । 

समूहले सन् २०२२ मा २४ लाखभन्दा कम गाडी आपूर्ति गरेको थियो, जुन अघिल्लो वर्षको तुलनामा ४.८ प्रतिशतले कम हो ।

तर जारी आपूर्ति शृङ्खलाको समस्या, विश्वव्यापी सेमिकन्डक्टरको अभाव र चीनमा कोभिडसँग सम्बन्धित लकडाउनका कारण समूहले आफ्ना सबै अर्डरहरू पूरा गर्न सङ्घर्ष गर्नुपरेको जनाएको छ । विशेष गरी बीएमडब्लूका पूर्ण विद्युतीय सवारी साधनहरूको उच्च माग थियो, जसको बिक्री अघिल्लो वर्षको तुलनामा दोब्बरभन्दा बढी अर्थात् दुई लाख १५ हजार सात सय ५२ सङ्ख्या पुगेको थियो । 

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।