काठमाण्डौ।एनआईसी एशिया क्यापिटल लिमिटेडको निष्काशन तथा बिक्री प्रबन्धकत्वमा निष्काशन गरिएको भुगोल इनर्जि डेभलपमेण्ट कम्पनी लिमिटेड तथा दोल्ती पावर कम्पनी लिमिटेडको नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगारी गरिरहेका नेपालीहरुलाई छुट्याइएको साधारण शेयर फागुन ८ गतेदेखि फागुन २५ गतेसम्म निष्काशन तथा बिक्री खुल्ला गरिएको थियो ।
साधारण शेयर निष्काशनमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सम्पुर्ण सि–आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट निम्न बमोजिम आवेदन परेको र प्राप्त आवेदनको प्रशोधन गरि सोको बाँडफाँड देहाय बमोजिम गरिएको क्यापिटलद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
दोल्ती पावर कम्पनी लिमिटेड :
दोल्ती पावर कम्पनी लिमिटेडको नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा बसी रोजगार गरिरहेका नेपालीहरुबाट नेपाल धितोपत्र बोर्डबाट स्वीकृत विवरणपत्र अनुसार १,०७,२९८ कित्ता शेयरको लागी आवेदन खुल्ला गरिएकोमा सि—आस्वा सदस्य बैक तथा वित्तीय संस्थाबाट निष्काशन तथा बिक्री खुल्ला गरेको समयमा जम्मा १८,३१७ जना आवेदकहरुबाट ५,४२,०७० कित्ता शेयरको लागि आवेदन प्राप्त भएकोमा सो मध्ये सम्बन्धित सि—आस्वा सदस्य बैक तथा वित्तीय संस्थाबाट विभिन्न कारणबाट १,३४३ जना आवेदकहरुबाट प्राप्त ७३,११० कित्ता शेयरको लागि आवेदन रद्द गरे पश्चात बाँकी रहेको १६,९७४ जना आवेदकहरुको ४,६८,९६० कित्ता शेयरको लागि अन्तिम आवेदन प्राप्त भएको थियो । उक्त अन्तिम आवेदन रुजु गर्दा १ जना आवेदकले २ वटा हितग्राही खाताबाट जम्मा २० कित्ता शेयरको लागि दोहोरो आवेदन गरेकोले सो लाई रद्द गरी बाँकी हुँन आएको १६,९७२ जना आवेदकहरुबाट प्राप्त जम्मा ४,६८,९४० कित्ता शेयरको आवेदन रितपुर्वक प्राप्त भएको थियो । रितपूर्वक प्राप्त १६,९७२ जना आवेदकहरुबाट ४६८,९४० कित्ता शेयरका लागि प्राप्त आवेकहरुलाई गोलाप्रथाको माध्यमबाट १० कित्ता देखि १०,००० कित्ता शेयर आवेदन गर्ने १०,७२९ जना सफल आवेदनकर्ता छनौट गरी १० कित्ताको दरले जम्मा १,०७,२९० कित्ता शेयर बाँडफाँड गरी बाँकी रहेको ८ कित्ता शेयर २० कित्तादेखि १०,००० कित्ता शेयर आवेदन गर्ने आवेदकहरु मध्ये शेयर पर्न सफल आवेदकहरुलाई पूनः गोलाप्रथाको माध्यमबाट थप १ कित्ता शेयरका दरले ८ कित्ता शेयर ८ जना आवेदकलाई बाँडफाँड गरिएको क्यापिटलले जनाएको छ ।
भुगोल इनर्जि डेभलपमेण्ट कम्पनी लिमिटेड :
भूगोल इनर्जि डेभलपमेण्ट कम्पनी लिमिटेडको नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा बसी रोजगार गरिरहेका नेपालीहरुबाट नेपाल धितोपत्र बोर्डबाट स्वीकृत विवरणपत्र अनुसार १,०८,८११ कित्ता शेयरको लागी आवेदन खुल्ला गरेकोमा सि—आश्वा सदस्य बैक तथा वित्तीय संस्थाबाट निष्काशन तथा बिक्री खुल्ला गरेको समयमा जम्मा १८,३६४ जना आवेदकहरुबाट ५,३३,६९० कित्ता शेयरको लागि आवेदन प्राप्त भएकोमा सो मध्ये सम्बन्धित सि—आश्वा सदस्य बैक तथा वित्तीय संस्थाबाट विभिन्न कारणबाट १,३९८ जना आवेदकहरुबाट प्राप्त ७३,४३० कित्ता शेयरको लागि आवेदन रद्द गरे पश्चात बाँकी रहेको १६,९६६ जना आवेदकहरुको ४,६०,२६० कित्ता शेयरको लागि अन्तिम आवेदन प्राप्त भएको थियो । उक्त अन्तिम आवेदन रुजु गर्दा १ जना आवेदकले २ वटा हितग्राही खाताबाट जम्मा २० कित्ता शेयरको लागि दोहोरो आवेदन गरेकोले सो लाई रद्द गरी बाँकी हुन आएको १६,९६४ जना आवेदकहरुबाट प्राप्त जम्मा ४,६०,२४० कित्ता शेयरको लागि रितपुर्वक आवेदन प्राप्त भएको थियो । रितपूर्वक प्राप्त १६,९६४ जना आवेदकहरुबाट ४,६०,२४० कित्ता शेयरका लागि प्राप्त आवेकहरुलाई गोलाप्रथाको माध्यमबाट १० कित्ता देखि १,००० कित्ता शेयर आवेदन गर्ने १०,८८१ जना सफल आवेदनकर्ता छनौट गरी १० कित्ताको दरले जम्मा १,०८,८८० कित्ता शेयर बाँडफाँड गरी बाँकी रहेको १ कित्ता शेयर २० कित्तादेखि १,००० कित्ता शेयर आवेदन गर्ने आवेदकहरु मध्ये शेयर पर्न सफल आवेदकहरुलाई पूनः गोलाप्रथाको माध्यमबाट थप १ कित्ता शेयर १ जना आवेदकलाई निष्काशन तथा बिक्री प्रबन्धक, निष्काशनकर्ता कम्पनी र प्रोफेशनल कम्प्युटर सिस्टम प्रा.लि. का प्रतिनिधि लगायत अन्य सर्वसाधारण लगानीकर्ताहरुको उपस्थितिमा बाँडफाँड गरिएको क्यापिटलले जानकारी दिएको छ ।
साथै बाँडफाँडको नतिजा यस क्यापिटलको वेभसाईट www.nicasiacapital.com वा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट संचालित वेभसाईट www.iporesult.cdsc.com.np/meroshare.cdsc.com.np af6 हेर्न सकिने क्यापिटलको भनाइ छ ।