मेन्छियाम हाइड्रोपावर लिमिटेडको साधारण शेयर बाँडफाँड सम्पन्न, रिजल्ट यसरी हेर्नुस्

अर्थबिट २०७९-१२-०७ ०६:५५:०० बजे

काठमाण्डौ।एनआईसी एशिया क्यापिटल लिमिटेडको निष्काशन तथा बिक्री प्रबन्धकत्वमा निष्काशन गरिएको मेन्छियाम हाइड्रोपावर लिमिटेडको नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगारी गरिरहेका नेपालीहरुलाई छुट्याइएको साधारण शेयर गत फागुन १० गतेदेखि फागुन २५ गतेसम्म निष्काशन तथा बिक्री खुल्ला गरिएको थियो । 

उक्त छुट्याइएको साधारण शेयर निष्काशनमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सम्पुर्ण सि–आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट निम्न बमोजिम आवेदन परेको र प्राप्त आवेदनको प्रशोधन गरि सोको बाँडफाँड देहाय बमोजिम गरिएको क्यापिटलले जानकारी दिएको छ । 

मेन्छियाम हाइड्रोपावर लिमिटेडको नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा बसी रोजगार गरिरहेका नेपालीहरुबाट नेपाल धितोपत्र बोर्डबाट स्वीकृत विवरणपत्र अनुसार १,०८,५१७ कित्ता शेयरको लागी आवेदन खुल्ला गरिएकोमा सि—आस्वा सदस्य बैक तथा वित्तीय संस्थाबाट निष्काशन तथा बिक्री खुल्ला गरेको समयमा जम्मा १८,१०७ जना आवेदकहरुबाट जम्मा ४,९९,७५० कित्ता शेयरको लागि आवेदन प्राप्त भएकोमा सो मध्ये सम्बन्धित सि—आस्वा सदस्य बैक तथा वित्तीय संस्थाबाट विभिन्न कारणबाट १,२९६ जना आवेदकहरुबाट प्राप्त जम्मा ६१,६७० कित्ता शेयरको लागि आवेदन रद्द गरे पश्चात बाँकी रहेको १६,८११ जना आवेदकहरुको ४३८,०८० कित्ता शेयरको लागि अन्तिम आवेदन प्राप्त भएको थियो । उक्त अन्तिम आवेदन रुजु गर्दा २ जना आवेदकले २÷२ वटा हितग्राही खाताबाट जम्मा १७० कित्ता शेयरको लागि दोहोरो आवेदन गरेकोले सो लाई रद्द गरी बाँकी हुँन आएको १६,८०७ जना आवेदकहरुबाट प्राप्त जम्मा ४३७,९१० कित्ता शेयरको आवेदन रितपुर्वक प्राप्त भएको थियो । रितपूर्वक प्राप्त १६,८०७ जना आवेदकहरुबाट जम्मा ४३७,९१० कित्ता शेयरका लागि आवेदन प्राप्त भएकोमा गोलाप्रथाको माध्यमबाट १० कित्ता देखि १,००० कित्ता शेयर आवेदन गर्ने १०,८५१ जना सफल आवेदनकर्ता छनौट गरी १० कित्ताको दरले जम्मा १०८,५१० कित्ता शेयर बाँडफाँड गरी बाँकी रहेको ७ कित्ता शेयर २० कित्तादेखि १,००० कित्ता शेयर आवेदन गर्ने आवेदकहरु मध्ये शेयर पर्न सफल आवेदकहरुलाई पूनः गोलाप्रथाको माध्यमबाट थप १ कित्ता शेयरका दरले ७ कित्ता शेयर ७ जना आवेदकहरुलाई निष्काशन तथा बिक्री प्रबन्धक, निष्काशनकर्ता कम्पनी र प्रोफेशनल कम्प्युटर सिस्टम प्रा.लि. का प्रतिनिधि लगायत अन्य सर्वसाधारण लगानीकर्ताहरुको उपस्थितिमा बाँडफाँड गरिएको क्यापिटलद्वारा जारी विज्ञप्तिमा भनिएको छ । 

साथै बाँडफाँडको नतिजा यस क्यापिटलको वेभसाईटHome | NIC Asia Capital Limited वा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट संचालित वेभसाईट AllotmentResult (cdsc.com.np) बाट हेर्न सकिनेछ । 

 

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।