रोयल इनफिल्ड मोटरसाइकलको आक्रमक बजार विस्तार, कुल १८ वटा शोरुमबाट बिक्रीलगायतका सेवा प्रदान गर्ने

अर्थबिट २०७९-१२-०८ ०७:४३:०० बजे

काठमाण्डौ।रोयल इनफिल्ड मोटरसाइकलको नेपालका लागि अधिकारिक बिक्रेता अल्फा अटोमोटिभ प्रा.लि.ले कम्पनीको मापदण्ड अनुसार काठमाण्डौको नारायणचौर नक्साल र कोटेश्वर बालकुमारी पुलनजिक अत्याधुनिक दुई वटा शोरुम निर्माण गरी गत चैत ५ गते त्रिवेणी ग्रुपका अध्यक्ष पुरुशोत्तम लाल सपाईबाट विशेष कार्यक्रमका बीच समुद्घाटन गरी सञ्चालनमा ल्याएको छ।

रोयल इनफिल्ड मोटरसाइकल शोरूम वाइकर्स होमको अवधारणामा निर्माण गरिएको छ । शोरुमबाट बाइक राइडिंग गियर जेनविन मोटरसाइकल एससरिज स्पेयर पार्ट्स बिक्री तथा बिक्री पछाडिका सेवाको व्यवस्था गरिएको छ। कम्पनीको मुख्य उद्देश्य ग्राहक सन्तुष्टि नै हाम्रो सन्तुष्टि रहेको छ ।

रोयल इनफिल्ड विश्वको एक मात्र सबभन्दा पुरानो मोटरसाइकल कम्पनी हो जसले सन् १९०१ देखि निरन्तर मोटरसाइकल उत्पादन, वितरण र ग्राहकलाई सन्तुष्टि प्रदान गरिरहेको छ ।

अल्फा अटोमोटिभ प्रा. लि. ले आफ्नो एवं डिलर समेत गरी कम्पनी मापदण्डका हाल ६ वटा (नक्साल कोटेश्वर, पोखरा, बुटवल, धरान र इटहरी) शोरूम सञ्चालन गरिरहेको छ भने चैत्र महिना भिन्न थप ४ वटा (बिर्तामोड, टाडी, सुर्खेत र भक्तपुर सञ्चालनमा आउनेछन् र असाढ महिनाभित्र थप ८ वटा (बिराटनगर, राजविराज, जनकपुर, हेटौडा, नारायणगढ, दाङ, नेपालगन्ज र त्रिपुरेश्वर) सञ्चालनमा ल्याएर कुल १८ वटा शोरुमबाट बाइक बिक्री, गियर एवं जेनविन एसेसरिज स्पेयर पास र सर्भिसिङ्ग लगाएतका सेवा प्रदान गर्नेछ ।

अलका अटोमोटिभ प्रा. लि. त्रिवेणी ग्रुपको अटोमोटिभ डिभिजन अन्तर्गतको कम्पनी हो। त्रिवेणी ग्रुपले उत्पादनमुलक उद्योग व्यवसाय वैदिक विमा एवं सर्विस सेक्टरमा कार्य गरिरहेको छ।

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।