युनाइटेड मोदी हाइड्रोपावरको नयाँ शेयरमूल्य निर्धारण, भोलि कतिमा खुल्दैछ ?

अर्थबिट २०७९-१२-०८ ०४:०१:०० बजे

काठमाण्डौ।नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले युनाइटेड मोदी हाइड्रोपावर लिमिटेड(युएमएचएल)को मूल्य समायोजन गरेको छ ।

साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ हाइड्रोपावरले बुक क्लोज गरेसँगै नेप्सेले आज(बुधबार) युनाइटेड मोदी हाइड्रोपावर लिमिटेडको शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो । 

नेप्सेले यस दिन हाइड्रोपावरको ७ प्रतिशत बोनस शेयर समायोजन गरेको हो । मूल्य समायोजनपश्चात् हाइड्रोपावरको शेयरमूल्य रु.२५३ दशमलव २७ कायम गरिएको छ । 

नेप्सेले आजको कारोबार दिनको अन्तिम मूल्यका आधारमा हाइड्रोपावरको शेयरमूल्य समायोजन गरेको हो।आज कारोबार दिन उक्त कम्पनीको शेयर प्रतिकित्ता २७१ रुपैयाँमा अन्तिम कारोबार भएको थियो।

यही समायोजित मूल्यका आधारमा भोलि(बिहीबार) दोस्रो बजारमा हाइड्रोपावरको शेयर कारोबार खुल्नेछ।

 

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।