धरान।एबीसी सेक्युरिटीज प्राइभेट लिमिटेडले धनकुटामा भोलि(शनिबार) एकदिने शेयर बजार सचेतना कार्यक्रम सञ्चालन गर्ने भएको छ ।
एबीसी से्क्युरिटीजले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विश्व वित्तीय सप्ताह २०२३ को सन्दर्भमा लगानीकर्ताहरुको शेयर बजार र यसमा हुने कारोबारमा जनचेतना फैलाउँदै लगानीलाई सुरक्षित बनाउने उद्धेश्यका साथ ‘सचेतनामुलक कार्यक्रम’ गर्न लागेको हो ।
धनकुटामा अवस्थित होटल चिप एण्ड बेष्टमा भोलि(शनिबार) बिहान ११ बजे सचेतना कार्यक्रम हुने आयोजकले बताएका छन् । लगानीकर्ताको व्यवहार, शेयर बजारको गतिशीलतालगायत समग्र रुपमा धितोपत्र बजार विषयहरुमा छलफल हुने एबिसी सेक्युरिटीजले जानकारी दिएको छ । कार्यक्रममा शेयर बजारको बारेमा जानकार व्यक्तिहरुबाट छलफल तथा प्रस्तुति रहनेछ ।
उक्त कार्यक्रममा शेयर बजारमा कारोबार गरिरहेका लगानीकर्ताहरु, नवप्रवेशी लगानीकर्ताहरु वा प्रवेश गर्न उपयुक्त समयको पर्खाइमा रहेकाहरु सबैका लागि प्रवाभकारी हुने एबिसी सेक्यरिटीजले दाबी गरेको छ । शेयर बजारसँग जानकार राख्ने जोसुकैले सहभागिता जनाउन सक्ने उक्त कार्यक्रममा सहभागी भए बापत कुनै शुल्क तिर्नु पर्ने छैन ।
धनकुटाबासीलाई सहज ढङ्गले सुलभ सेवा दिने उद्देश्यका साथ सञ्चालन हुने यस कार्यक्रमा इच्छुकहरुले सोही समयमा टिएमएस अकाउन्ट बनाउन पनि सक्नेछन् । साथै उक्त दिनमा ‘अन द स्पट डिम्याट खाता खोल्ने व्यवस्था पनि भएको एबिसी सेक्युरिटीज धरान शाखा प्रमुख योगेश अग्रवालले जानकारी दिए। “आशा छ यस कार्यक्रमले धनकुटा लगायत आसपासका क्षेत्रमा रहेर शेयर कारोबार गर्दै रहनु भएका र कारोबार गर्न इच्छा राख्नु हुने महानुभावहरुका लागि केही सिक्ने, बुझ्ने र लगानीलाई प्रभाकारी बनाउन सहयोग पुग्नेछ । धरान मै रहेर पनि धनकुटाबासीलाई ब्रोकरेज सम्बन्धी जुनसुकै सेवा प्रदान गर्न एबिसी सेक्युरिटीज प्रालि, धरान शाखा सधैं तत्पर छ ।”,अग्रवालले अर्थबिटसँग भने ।
एबिसी सेक्युरिटिज प्रालि ब्रोकर न १७, नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई २०५४ साउन १० गतेबाट शेयर कारोबार गर्दै आएको संस्था हो । काठमाण्डौको इन्द्र चोकमा केन्द्रीय कार्यालय रहेको यस एबिसी सेक्युरिटीज प्रालिले केन्द्रीय कार्यालय सहित हाल धरान शाखाबाट पनि ब्रोकर कार्यालयले प्रदान गर्न सक्ने सम्पूर्ण सेवाहरु प्रदान गर्दै आइरहेको छ ।