ताप्लेजुङमा अनलाइन सेक्युरिटीजको आयोजनामा वित्तीय तथा शेयर बजार सचेतना कार्यक्रम सम्पन्न

अर्थबिट २०७९-१२-१४ ०९:११:०० बजे

ताप्लेजुङ।अनलाइन सेक्युरिटिज लि. ले गत शनिबार ‘ग्लोबल मनी विक २०२३’ को सन्दर्भमा ताप्लेजुङको फुङ्लिङ नगरपलिकामा वित्तीय सचेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ । 

संस्थाका निवर्तमान अध्यक्ष तथा सञ्चालक दिनेश शर्मा बिडारीको सभापतित्वमा भएको कार्यक्रमको उद्घाटन फुङ्लिङ नगरपालिकाका मेयर अमिर मादेनले ब्यानर पढेर गरेका थिए ।

कार्यक्रममा वित्तीय सचेतना तथा शेयर बजार सम्बन्धी आधारभूत कुराहरुको जानकारी गराइएको थियो । धरान शाखाका प्रमुख सुजन निरौलाले शेयर बजार र यसमा हुने कारोबार  प्रक्रिया , प्राथमिक बजार र दोश्रो बजार, कम्पनी छनोट गर्ने तरिका, अल्पकालीन तथा दीर्घकालीन लगानीका फाइदा तथा बेफाइदा , टिएमएसको प्रभावकारी सञ्चालन , किनबेच पश्चात्को राफसाफ प्रक्रिया, कम्पनीको वित्तीय विवरण  र यसले बजारमा पार्ने प्रभाव, फण्डामेन्टल तथा टेक्निकल एनलाइसिसका कुराहरु बारे प्रस्तुति दिए । 

त्यसैगरि लगानी किन गर्ने , के मा लगानी गर्ने , आफ्नु लगानीमा हुने जोखिम र यो जोखिमलाई कसरी न्यूनीकरण गर्न सकिन्छ साथै लगानी गर्दा ध्यान दिनु पर्ने विषयमा  दिनेश शर्मा बिडारीको प्रस्तुति थियो । 

कार्यक्रममा उद्यमी,व्यवसायी, व्यापारी,शिक्षक, विद्यार्थी ,कर्मचारी तथा सर्वसाधारणसहित कुल १६५ जनाको उपस्थिति रहेको थियो ।

अनलाइन सेक्युरिटिजले ताप्लेजुङमा नै चैत्र ७ गते ३५ जना उद्यमी व्यवसायी माझ पनि विशेष कार्यक्रम आयोजना गरेको थियो । त्यसैगरी चैत्र १० गते श्री भानु जन माविमा कक्षा १२ का ४५ जना बिद्यार्थीहरु माझ कार्यक्रम गरेको थियो । 

संस्थाका तर्फ बाट सुजन निरौलाले  धरान मै रहेर पनि ताप्लेजुङबासीलाई सहज ढंगले ब्रोकरेज सेवा दिन प्रतिबद्धता जाहेर गरे ।

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।