मार्चमा करिब एक लाख पर्यटक भित्रिए

अर्थबिट २०७९-१२-२० ०९:५१:०० बजे

काठमाण्डौ।गत मार्च महिनामा करिब एक लाख विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डका अनुसार यस अवधिमा ९९ हजार ४२६ जना विदेशी पर्यटक नेपाल आएका छन् । 

सो अवधिमा सार्क राष्ट्रबाट ३३ हजार ४५४, अन्य एशियाली राष्ट्रबाट १५ हजार ६४३, यूरोपबाट २३ हजार २६५, ओसियन राष्ट्रबाट तीन हजार ९५८ जना पर्यटक नेपाल आएका छन् । साथै क्यानडाबाट एक हजार ७०७, अमेरिकीबाट नौ हजार ५५७ का साथै मिडल इस्टलगायतका देशबाट १० हजार ३७५ पर्यटक नेपाल भित्रिएका छन् । 

यस अवधिमा सबैभनदा धेरै भारतबाट २५ हजार ९११ पर्यटक नेपाल आएका छन् । जबकी गत वर्षको मार्च महिनामा भारतबाट १५ हजार १३ जना पर्यटक आएका थिए । 

अमेरिकाबाट गत वर्षको सोही अवधिमा चार हजार ८९६ पर्यटक आएकोमा यसपटक नौ हजार ५५७ जना पर्यटक आएका छन् । मार्च महिनामा भारत, अमेरिका, यूके, जर्मनी र श्रीलंकाबाट सबैभन्दा धेरै पर्यटक नेपाल आएका छन् । कोरोना महामारीपछि नेपालमा भित्रिने पर्यटकको सङ्ख्या सुधारोन्मुख अवस्थामा छ ।

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।