हवाई भाडा घट्यो, आजदेखि लागू

अर्थबिट २०७९-१२-२२ १०:०८:०० बजे

काठमाण्डौ। नेपाल आयल निगमले हवाई इन्धनको मूल्य घटाएसँगै एयरलाइन्सको हवाई भाडा घटेको छ । वायुसेवा सञ्चालक सङ्घले आजदेखि लागू हुने गरी हवाई भाडा समायोजन गरेको हो । 

निगमले सोमबार हवाई इन्धनको प्रतिलिटर रु १० ले कटौती गरेको थियो । सोअनुसार काठमाण्डौबाट धनगढीको उडानमा सबैभन्दा धेरै रु चार सय ४० भाडा घटेको छ । यसअघि यो रुटमा यात्रुले हवाई यात्राका लागि मात्र रु सात हजार पाँच सय १० तिर्नुपथ्र्यो भने अब रु सात हजार ७० भाडा कायम गरिएको छ ।

काठमाण्डौबाट हुने पर्वतीय उडान (माउन्टेन फ्लाइट) को भाडा रु तीनसय ४५ घटेर अधिकतम भाडा रु पाँच हजार चार सय ९० कायम भएको छ ।काठमाण्डौ–भद्रपुर रुटमा रु तीन सय, विराटनगरमा रु दुई सय ४०, जनकपुरका लागि रु एक सय ३०, पोखराका लागि रु एक सय ५५, भरतपुरका लागि रु एक सय १०, भैरहवाको रु दुई सय पाँच, नेपालगञ्जका लागि रु एक सय ८५ र सुर्खेतका लागि रु तीन सय ४५ हवाई भाडा घटेको छ ।

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।