श्रीलङ्काको पर्यटन क्षेत्र पुनः गुलजार, पहिलो त्रैमासिकमा पर्यटन आय ५३ करोड अमेरिकी डलर

अर्थबिट २०७९-१२-२६ ०९:३९:०० बजे

कोलम्बो।श्रीलङ्काको पर्यटन आयमा सन् २०२३ को पहिलो त्रैमासिकमा वृद्धि भएको छ ।

श्रीलङ्काको केन्द्रीय बैंकको पछिल्लो तथ्याङ्कअनुसार सन् २०२३ को पहिलो तीन महिनामा करिब ५३ करोड अमेरिकी डलर प्राप्त भएको छ । सन् २०२२ को सोही अवधिमा श्रीलङ्काले पर्यटनबाट ४८ करोड २३ लाख अमेरिकी डलर आम्दानी गरेको थियो । 

श्रीलङ्काले मार्च महिनामा १९ करोड ८१ लाख अमेरिकी डलर आम्दानी गरेको छ भने पहिलो त्रैमासिकमा पर्यटन आय ५२ करोड ९८ लाख डलर पुगेको तथ्याङ्कले देखाएको छ ।

श्रीलङ्काको पर्यटन उद्योगले सन् २०२३ मा २० लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको छ, जुन यसअघि १५ लाख थियो ।

पर्यटनबाट विदेशी मुद्रा आर्जन गर्ने विश्वका प्रमुख मुलुकमध्येको एक श्रीलङ्कामा कोभिड–१९ को महामारीका साथै आर्थिक तथा राजनीतिक सङ्कटका कारण पर्यटन क्षेत्र धरासायी भएको छ ।

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।