नेप्सेमा सानिमा मिडिल तमोरको आइपीओ सूचीकृत, कतिमा खुल्दैछ कारोबार?

अर्थबिट २०७९-१२-२६ १२:४२:०० बजे

काठमाण्डौ।नेपाल स्टक एक्सचेन्ज लिमिटेड(नेप्से)मा सानिमा मिडिल तमोर हाइड्रोको शेयर सूचीकृत भएको छ । 

आज(आइतबार) सानिमा मिडिल तमोर हाइड्रोको ३ करोड ३३ लाख २५ हजा  कित्ता शेयर सूचीकृत भएको हो । 

नेप्सेमा शेयर सूचीकृत भएसँगै भोलि(सोमबार)बाट कम्पनीको शेयर किनबेच गर्न मिल्नेछ । भोलि(सोमबार)को स्पेशल प्रि—ओपन सेसनमा पहिलो कारोबार भई मूल्य तय भएपछि नियमित सत्रमा कम्पनीको शेयर कारोबार हुनेछ । नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि रु. ९८.४३ देखि रु. २९५.२९ रुपैयाँसम्मको रेन्ज तोकेको छ। उक्त रेन्जको बीचमा रहेको जुनसुकै मूल्यबाट स्पेशल प्रि—ओपन सेसनमा पहिलो कारोबार हुन सक्ने व्यवस्था रहेको छ ।  कम्पनीको ‘टीएएमएआर’ सिम्बलबाट कारोबार हुनेछ। 

कम्पनीले ताप्लेजुङमा ७३ मेगावाटको मिडिल तमोर हाइड्रोपावर आयोजना निर्माण गरिरहेको छ ।  

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।