नेप्सेमा सगरमाथा जलविद्युत र मोलुङ्ग हाइड्रोपावर कम्पनीको शेयर सूचीकृत, कतिमा खुल्दैछ पहिलो कारोबार?

अर्थबिट २०७९-१२-२९ ०२:२०:०० बजे

काठमाण्डौ।नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से)मा आज (बुधबार) दुई कम्पनीको शेयर सूचीकृत भएको छ । 

सगरमाथा जलविद्युत कम्पनी लिमिटेड र मोलुङ्ग हाइड्रोपावर कम्पनी लिमिटेडको शेयर बुधबार नेप्सेमा सूचीकृत भएको हो ।

सगरमाथा जलविद्युतले आयोजना प्रभावित स्थानीय बासिन्दाहरुको लागि निष्काशन गरेको ११ लाख २० हजार कित्ता, सर्वसाधारणहरुलाई निष्काशन गरिएको (सामुहिक लगानी कोष, कर्मचारीहरु र वैदेशिक रोजगारीमा रहेका नेपालीहरु सहित)४३ लाख ६८ हजार कित्ता शेयर र कम्पनीका संस्थापकहरुले लगानी गरेको ५७ लाख १२ हजार कित्ता शेयर गरी १ करोड १२ लाख कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो ।

कम्पनीको शेयरलाई नेप्सेले ‘एसएमजेसी’ कारोबार संकेत प्रदान गरेको छ । कम्पनीको शेयरलाई नेप्सेले न्युनतम रु. १११ दशमलव ४१ देखि अधिकतम रु. ३३४ दशमलव २३ ओपनिङ्ग रेन्ज प्रदान गरेको छ । सोहि आधारमा भालि बिहीबारदेखि कम्पनीको शेयर कारोबारमा आउनेछ । 

मोलुङ्ग हाइड्रोपावरको पनि आयोजना प्रभावित स्थानीय बासिन्दाहरुको लागि निष्काशन गरेको ८ लाख २ हजार ५०० कित्ता, सर्वसाधारणहरुलाई निष्काशन गरिएको (सामुहिक लगानी कोष, कर्मचारीहरु र वैदेशिक रोजगारीमा रहेका नेपालीहरु सहित) २७ लाख २८ हजार ५०० कित्ता शेयर र कम्पनीका संस्थापकहरुले लगानी गरेको ४४ लाख ९४ हजार कित्ता शेयर गरी ८० लाख २५ हजार कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो ।

कम्पनीको शेयरलाई नेप्सेले एमएचसीएल कारोबार संकेत प्रदान गरेको छ । कम्पनीको शेयरलाई नेप्सेले न्यूनतम रु. ६० दशमलव ६२ देखि अधिकतम रु. १८१ दशमलव ८६ ओपनिङ्ग रेन्ज प्रदान गरेको छ । 

नेप्सेमा आज सूचीकृत उपर्युक्त २ कम्पनीलाई तोकेको ओपनिङ्ग रेन्जको  आधारमा भालि बिहीबार बिहान(१०ः३० देखि १०ः४५) स्पेशल प्रिओपन सेसनमा पहिलो कारोबार भई नियमित समयमा  दुवै कम्पनीको शेयर कारोबारमा आउनेछ ।

 

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।