कांग्रेसले मेलमिलाप–एकता अभियानलाई परिणाममुखी बनाउने

अर्थबिट २०८०-०२-१९ ०८:३५:०० बजे

धरान।नेपाली कांग्रेसले मेलमिलाप–एकता अभियानलाई परिणाममुखी बनाउने भएको छ । 

कांगेसको सुनसरी क्षेत्र नं. १ को कार्यसमितिले निणर्य गरेको मेलमिलाप–एकता अभियानलाई घरघर गएर भएपनि सफल बनाउनुपर्ने नेताहरुले बताएका छन् । क्षेत्रीय सभापति सुजेन्द्र तामाङको अध्यक्षतामा भएको “मेलमिलाप–एकता अभियान” सम्बन्धी बैठक तथा छलफलमा नेताहरुले यस्तो बताएका हुन् । 

बैठकमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्मा, पूर्व केन्द्रीय सदस्य मिना सुब्बा, प्रदेश महामन्त्री उमेश थापा, जिल्ला सचिव माधव घिसिङ, नगर सभापति श्याम पोखरेल, पूर्व नगर प्रमुख तिलक राई, पूर्व नगर सभापति किशोर राई, राष्ट्रियसभा सदस्यका प्रत्यासी मिना पुलामी, नेपाल दलित संघ प्रदेश सभापति गोविन्द दर्नाल, रामधुनी नगर सचिव दोस्तीराम चौधरी, प्रदेशसम्मेलन सदस्य रमेश काफ्ले लगायतले विचार राखेका थिए ।  

 

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।